२४ बैशाख २०८३, बिहीबार

बाजुरामा आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न


सुशिल राेकाया:  राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लामा आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाजुराको आयोजनामा बडिमालिका नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा आर्थिक गणना अधिकारीले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया तथा यसको आवश्यकताबारे प्रकाश पार्दै आर्थिक गणनाबाट प्राप्त तथ्यांकले देशको आर्थिक योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसिराम रोकायाले आर्थिक गणनालाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। सहभागी सरोकारवालाहरूले पनि आर्थिक गणना सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने र तथ्यांक संकलनमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख, तुलसिराम रोकाया रहनु भएको थियो। भने विभिन्न स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी,सुरक्षा निकायका प्रमुख, उध्योग ब्यबसायी अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला समन्व समिति बाजुराका कर्मचारी रामचन्द्र पाण्डेले गरेका थिए।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives