बाजुरा: जिल्लामा आएको हावाहुरी तथा चट्याङका कारण विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको बाजुरा वितरण केन्द्रका अनुसार खराब मौसमका कारण विद्युत लाइनमा समस्या देखिएकाले सेवा प्रभावित भएको हो।
वितरण केन्द्रले सूचना जारी गर्दै मौसममा सुधार भएपछि अवरुद्ध विद्युत सेवा नियमित रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। साथै, यसबाट उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ।
विद्युत अवरुद्ध भएपछि केही स्थानका स्थानीय बासिन्दाले दैनिक कामकाज प्रभावित भएको बताएका छन्। प्राधिकरणले प्राविधिक टोली परिचालन गरी समस्या समाधानको काम भइरहेको जनाएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार