बाजुरा: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्लाको गरिमा र भ्रमपुर्ण अफवाह फैलाउने काम बन्द गर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण जिल्लाको पत्रकारिता क्षेत्र र पत्रकारहरूमाथि असर पर्ने गरी भ्रामक सूचना, अफवाह र जिल्लाको गरिमामा आँच आउने गतिविधि बढेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको हो ।
यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आवश्यक परे कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका सचिव प्रेमबहादुर रौलेको हस्ताक्षरित विज्ञप्तिमा जिल्लाको पत्रकारिता क्षेत्रको मर्यादा जोगाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार