२७ फाल्गुन २०८२, बुधबार

बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन तयारी अन्तिम चरणमा


बाजुरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री मतदान स्थल निर्माणमा जुटेका छन । सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी अ‌ंगत महतले बताएका छन । बाजुरामा ७७ वटा मतदान स्थल, एक अस्थायी मतदान केन्द्र र ११८ मतदान केन्द्रमै तयारी अन्तिम चरणमा पुगेकाे उनले बताए । बुधबार साँझसम्म निर्वाचनका लागि सबै तयारी पुरा हुने उनकाे भनाइ रहेकाे छ ।

बाजुरामा ७ सय ९ जना कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ । मुख्य निवार्चन अधिकृतकाे कार्यालयका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएका छन् । सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदान स्थल तोकिएको छ । अस्थायी मतदान स्थलमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।

बाजुरामा कूल ८७ हजार ८ सय ६१ मतदाता छन् । जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनीतिक दलसहित १ जना स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान भाेली बिहान अर्थात २१ गते बिहान ७ बजे देखी सुरु हुने भएकाे छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार