९ फाल्गुन २०८२, शनिबार

कृषि, स्वरोजगार र उद्यमशीलता, नेकपा एमाले बाजुराकाे प्रतिबद्धता


बाजुरा:  प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट उम्मेदवार बनेका लालबहादुर थापाले जिल्लाको समग्र विकास, सुशासन र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै नेकपा एमाले बाजुराले आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार थापाले बाजुरालाई दीगो शान्ति, समावेशी विकास र अवसरको जिल्लाका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित स्पष्ट कार्यदिशा सहित नेकपा एमाले बाजुरा प्रतिबद्धता पत्र सार्बजनिक गरेको हो ।

नेकपा एमाले बाजुराको प्रतिवद्धता–पत्रमा संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र पारदर्शी प्रशासन स्थापनालाई पहिलो प्राथमिकतामा राखिएको नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव काशी विकले बताए । जिल्लामा निर्माणाधीन पूर्वाधारका काम समयमै सम्पन्न गराउने, नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने र विकास योजनामा जनताको प्रत्यक्ष सहभागिता बढाउने थापाको प्रतिबद्धता रहेको पार्टी सचिव विकको भनाइ रहेको छ ।

नेकपा एमाले बाजुराको प्रतिबद्धता पत्रमा पूर्वाधार विकास अन्तर्गत ‘हरेक वडामा सडक’ अवधारणालाई अघि सार्दै आगामी पाँच वर्षभित्र पालिकाका केन्द्र जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ । सडकसँगै पुल, बेलिब्रिज निर्माण, सार्वजनिक यातायातको विस्तार र १२ महिना सञ्चालन हुने यातायात प्रणाली विकास गर्ने योजना पनि समेटिएको छ । ऊर्जा र खानेपानी क्षेत्रमा सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुर्‍याउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र प्रत्येक घरमा शुद्ध खानेपानीको सुनिश्चितता गर्ने प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।

त्यसै गरि कृषि, स्वरोजगार र उद्यमशीलता  जिल्लाका विभिन्न स्थानमा कृषि हाटबजार तथा भण्डारण केन्द्र स्थापना, नगदे बाली प्रवद्र्धन, पशुपालन, मौरीपालन र तरकारी खेतीलाई व्यवसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको नेकपा एमाले बाजुराले जनाएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, सूचना र सञ्चार क्षेत्रमा जिल्ला अस्पतालको स्तरोन्नति, जेष्ठ नागरिक र गर्भवती महिलाका लागि घरमै आधारभूत स्वास्थ्य परीक्षण, ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम, प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण अन्तर्गत खप्तड, बडीमालिका, बुढीनन्दा ताल, रानीसैनजस्ता पर्यटकीय क्षेत्रको विकास, होम–स्टे प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको संरक्षण र पर्यटनमार्फत आम्दानी वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।
May be an image of text


प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार