८ फाल्गुन २०८२, शुक्रबार

गौमुल–३ माझपालीमा एमालेको आमसभा सम्पन्न, वडा कमिटीमा नयाँ नेतृत्व चयन


सुशिल राेकाया: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले गौमुल गाउँपालिका वडा नम्बर ३ माझपालीमा आम सभा सम्पन्न गरेको छ । बिहिबार ३ नम्बर वडा कमिटीको आयोजनामन वडाको केन्द्र माझपालीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो
आमसभा लाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य युवा नेता नरेश रोकायाले राष्ट्र र राष्ट्रियताका सवालमा एमाले जत्तिको अडिग पार्टी अरू नभएको बताउदै रोकायाले निर्वाचनलाई समृद्धि र स्थायित्वको आधारका रूपमा लिन आग्रह गर्नुभयो।
आमसभामा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गौमुल–३ लाई एमालेको आधार इलाकाका रूपमा चिनिने वडा मानिन्छ। भेलामा उपस्थित जनताले आफ्नो राजनीतिक विरासत कायम राख्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमकै अवसरमा गौमुल–३ धल्काँडाका बसन्त बोहरा सहित उहाँको परिवारले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्ने बोहरा लाई युवा नेता रोकायाले पार्टीको सदस्यता प्रदान गर्दै अबिर माला लगाएर स्वागत गर्नुभएको थियो।
यसैबीच, वडा कमिटीको रिक्त अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ अध्यक्षमा कलक रोकाया चयन हुनुभएको हो। यसअघि वडा कमिटी अध्यक्ष रहेका धनबहादुर बोहराको गत असार ८ गते प्राकृतिक विपत्तिका कारण खोलाले बगाएर निधन भएपछि उक्त पद रिक्त रहेको थियो।
वडा कमिटीका सचिव सेर बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य नरेश रोकाया रहनु भएको थियो भने अन्य तिथिमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा जिल्ला कमिटी सदस्यहरू गोरख बोहरा, देबेन्द्र रोकाया, राजिब कुमार रोकाया, देब रोकाया, अमर बिक, गिता रोकाया गौमुल गाउँकमिटी अध्यक्ष मोहन रोकाया लगाएतका नेताहरू अतिथि रहनु भएको थियो ।
३ नम्बर वडाको केन्द्र माझपालिमा संचालन भएको आम सभामा पार्टीका नेता कार्यकर्ता र सुभेच्छेक जनताको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार