७ फाल्गुन २०८२, बिहीबार

नेपाली कम्युनिष्ट पार्टी बाजुराका नेता काशी नेपाली एमालेमा समाहित


बाजुरा : नेपाली कम्युनिष्ट पार्टी बाजुराका तथा तत्कालिन नेकपा समाजबादी पार्टीका सचिवालय सदस्य काशी नेपाली पुनः नेकपा एमालेमा समाहित भएका छन्। बिहीबार आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

नेपाली यसअघि पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिवालय सदस्यका रूपमा सक्रिय थिए। तत्कालीन नेकपा विभाजनपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित भएका थिए। पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टी बाजुरामा सचिवालय सदस्यको भूमिकामा कार्यरत थिए।   नेपाली कम्युनिष्ट पार्टीकाे काम जनतालाई भ्रममा राख्नु र राजनीतिक पसल थाप्नु बाहेक काम नभएको निष्कर्ष उनको  भनाइ रहेकाे छ।

राजनीतिक परिवेश फेरिँदै जाँदा तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला तहमा दलहरूको पुनः ध्रुवीकरण भइरहेको सन्दर्भमा नेपालीको एमाले प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी कम्युनिष्ट धारभित्रको पुनःएकीकरण र संगठन सुदृढीकरणको प्रयासका रूपमा यस घटनालाई विश्लेषण गरिएको छ।

एमाले बाजुराले नेपालीको आगमनले पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। स्थानीय तहमा लामो समयदेखि सक्रिय रहँदै आएका नेपालीको पुनरागमनले कार्यकर्ता पंक्तिमा सकारात्मक सन्देश जाने एमालेका नेताहरूको भनाइ छ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार