२७ माघ २०८२, मंगलवार

गौमुलमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाइ अभिमुखीकरण


सुशिल राेकाया: गौमुल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र घटमुनामा सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो।
वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरूलाई समाजमा पुनःस्थापित हुन र उनीहरूले विदेशमा सिकेको सीपलाई स्थानीय स्तरमै सदुपयोग गर्ने उपायहरूका बारेमा छलफल तथा सुरक्षित आप्रवासनका विभिन्न चरण, कानुनी प्रक्रिया र ठगीबाट बच्ने उपायहरूका बारेमा समेत जानकारी गराउने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको रोजगार संयोजक सिर्जना बिष्ट (रोकायाले ) बतााईन् ।

स्वदेशमा नै रोजगारी गरौँ वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा वैदेशिक रोजगारीका चुनौती र अवसरबारे गहन छलफल गरिएको थियो । विशेष गरी स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गर्दै उनीहरूले विदेशमा सिकेको सीपलाई गाउँकै विकासमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

वडा नम्बर ६ का वडाअध्यक्ष तथा कार्यबहाक गाउपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूसँग अनुभव र सीप दुवै हुने भएकाले त्यसलाई स्थानीय स्तरको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन्। रोकायाले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनमा जोड्न पालिकाले विशेष नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा सहभागीहरूले यस्ता सूचनामूलक कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र स्वदेशमै केही गर्न चाहनेहरूका लागि थप ऊर्जा मिलेको बताएका छन्।

गौमुल गाउपालिका ६ नम्बर वडा अध्यक्ष तथा पालिका कार्यबाहक अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण र संचालन रोजगार संयोजक सिर्जना बिष्ट रोकायाले गरेको थियो भने वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पछिल्लो समय प्राय बढि सूचनाको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरू समस्यामा पर्ने क्रम बढेकाले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सात वटै प्रदेश सरकारका, सामाजिक विकास मन्त्रालयको नेतृत्वमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको छ । यसलाई स्विस सरकार विकास सहयोग, (SDC) को प्राविधिक सहयोगमा हेल्भेटास नेपाल र सामी (SaMi) परियोजनाले सहजीकरण गरहेको छ ।


प्रकाशित मिति: २७ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार