८ माघ २०८२, बिहीबार

खैरो हिरोइनका फरार एक जना पक्राउ


बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले खैरो हेरोइन र गाँजा समेत मुद्दामा फरार एक जना पक्राउ गरेको छ । जिल्ला अदालत बाजुराको मिति २०८२ वैशाख १६ गतेको फैसलाले लागू औषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा ९ दिन कैद तोकिएपछि फरार रहेका खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बस्ने २७ वर्षीय दिपक रावत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फरार रहेका रावतलाई प्रहरी चौकी डोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार डोगडी बजारबाट पक्राउ गरेको हो ।


प्रकाशित मिति: २६ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?