२४ बैशाख २०८३, बिहीबार

नेकपाद्धारा एमाले छाडेका प्रकाश शाह बाजुराबाट एकल उम्मेदवार सिफारिस


बाजुरा—नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट प्रत्यक्षमा प्रकाश शाहको नाम एकल उम्मेदवार सिफारिस गरेको छ ।

शुक्रवार सदरमुकाम मार्तडीमा नेकपा बाजुराले पत्रकार सम्मेलनमार्फत प्रत्यक्षमा शाहको नाम सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो । शाह यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री समेत भइसकेका नेता हुन् ।

त्यस्तै पार्टीले जिल्लाबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारमा हिक्मत जङ्ग शाही, बिनिता विक र सञ्जय कटेल तथा राष्ट्रियसभाका लागि अज बहादुर मल्लको नाम सिफारिस गरेको जनाएको छ ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives