बाजुरा: बडीमालिका नगरपालिका–१ पाटा स्थायी घर भएका श्री प्रयागराज पण्डितका २१ वर्षीय छोरा देवराज पण्डित कैलालीस्थित गोदावरी संस्कृत विद्या आश्रमबाट मिति २०८२ साल ०८ महिना २१ गतेदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार देवराज पण्डित अध्ययनका लागि गोदावरी संस्कृत विद्या आश्रममा बस्दै आएका थिए। सो मितिदेखि उनी आश्रमबाट बाहिरिएको बताइए पनि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारजन, आफन्त तथा स्थानीयवासीले विभिन्न माध्यमबाट खोजी गरे पनि हालसम्म कुनै पत्ता नलागेको जनाइएको छ।
देवराज पण्डितको खोजी कार्यलाई तीव्र बनाउन परिवारले सामाजिक सञ्जालमा सूचना सेयर गर्न तथा उनलाई देख्नुहुने वा कुनै जानकारी प्राप्त गर्नुहुने जो–कोहीलाई नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरहरूमा जानकारी गराइदिन हार्दिक अपिल गरेका छन्।
सम्पर्क व्यक्ति तथा फोन नम्बरहरू
प्रयागराज पण्डित (भारत) : ७४५१८८९४५५
यज्ञराज पण्डित : ९८४८५५२४१०
टिकाराम पण्डित : ९८४८४६०२१४
धनराज पण्डित : ९८६८५८७४७६
नयनराज पण्डित : ९८६८५२२७३८
चन्द्रप्रकाश पण्डित : ९८४४३०५०६४
उमाकान्त पण्डित : ९८६८७८८९४०
परिवारले देवराज पण्डितको खोजीका लागि सबैमा सहयोगको आग्रह गरेको छ।
प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार