८ माघ २०८२, बिहीबार

बुढीगंगा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


बाजुराः बाजुराको बुढीगंगा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ वडा नम्बर ५ मा रहेको भनोदय माध्यमिक विद्यालयमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

नगरपालिकाका नगर प्रवक्ता तथा ६ का वडा अध्यक्ष हेमराज जैशीका अनुसार बिहीवार एक औपचारिक कार्यक्रमका विच रनिङ शिल्ड प्रतियोगिता नगर प्रमुख राम बहादुर बानियाँले उद्घाटन गर्दै सुरु भएको हो । उनले उक्त रनिङ शिल्ड तीन दिनसम्म सञ्चालन हुने र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रा भलिवल, कवडी लगायत एथलेटिक्सतर्फ खेलहरुमा प्रतिस्पर्धा भइरहेको छ भने नगरभित्रका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको जानकारी दिए ।

छैटौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राम बहादुर बानियाँले खेलकुद नै हाम्रो पहिचान र विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको भन्दै प्रतियोगितालाई शान्त, सभ्य र स्वच्छ वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरे ।

बुढीगंगा नगरपालिका खेलकुद विकास समिति अध्यक्ष केशवराज जैशीको अध्यक्षतामा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथि नगर प्रमुख राम बहादुर बानियाँ रहेका थिए । विशिष्ट अतिथि नगर उपप्रमुख माया कुवँर खड्का, जिल्ला समन्वय समिति सदस्य हिक्मत थापा, अतिथिमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: १० पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?