८ माघ २०८२, बिहीबार

खप्तड छेडेदह ४ मा आकस्मिक राहत कोष वृद्धिका लागि भुवा पर्वमा आर्थिक सहयोग संकलन


बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकामा विपद् व्यवस्थापन समितिको आकस्मिक राहत कोष वृद्धिका लागि भुवा पर्वमा आर्थिक सहयोग संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराद्धारा सञ्चालित सुरक्षित नेपाल परियोजना अन्तर्गत वडामा गठित दौनागिरी सामुदायिक विपद् व्यवस्थापन समितिले सो कार्य गरेको हो ।

समितिको कोष वृद्धिसँगै समुदायमा हुने आपतकालीन अवस्थाका बिपद पीडितलाई तत्काल सहयोग उपलब्ध गराउने लक्ष्यका साथ मौलिक तथा सांस्कृतिक पर्व भुवामा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको जनाएको छ ।

सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक राजेश सुनारका अनुसार समितिले आकस्मिक राहत कोष वृद्धि होस् भन्ने उदेश्यका साथ गाउँमा भुवा पर्वमा आर्थिक सहयोग पेटीका राखिएको थियो । गुइवन र बनघर गाउँको भुवामा उक्त कोषका लागि आर्थिक सहयोग भएका हो । संकलित रकम समिति तथा स्थानीयहरुलाई भेला गरेर पेटीका खोल्ने र सार्वजनिक गरिने उनले बताए । त्यस्तै उनले उक्त रकमले आकस्मिक रुपमा हुन सक्ने विपद्का घटनामा राहत, उद्धार तथा पुर्नःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ९ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?