२४ बैशाख २०८३, बिहीबार

बडिमालिका नगरपालिकाद्वारा ‘१६ दिने लैङ्गिक हिंसा विरुद्ध टिकटक भिडियो प्रतियोगिता


सुशिल राेकाया– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बडिमालिका नगरपालिकाले सर्वसाधारणको सक्रिय सहभागिता सुनिश्चित गर्न र प्रभावकारी सचेतना जोगाउन टिकटक भिडियोग्राफी प्रतियोगिता घोषणा गरेको छ।
सबै महिला र किशोरीमाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ!” भन्ने यस वर्षको मूल नारालाई आधार बनाएर सकारात्मक सन्देशमूलक टिकटक भिडियो तयार गरी पठाउन आह्वान गरिएको हो।
समाजमा बढ्दै गएको लैङ्गिक तथा डिजिटल हिंसाबारे जागरूकता फैलाउने उद्देश्यले टिकट भिडियो प्रतियोगिता आयोजना गरिएको नगर उपप्रमुख नन्दा थापाले बताउनु भयो।
यो प्रतियोगितामा सबै उमेरका व्यक्तिहरू सहभागी हुन सक्ने नगरपालिका जनाएको छ। प्रतियोगितामा सहभागी हुन प्रक्रिया तोकिएको छ।
जस्मा ३०–६० सेकेन्डको भिडियो तयार गर्ने, भिडियोमा लैङ्गिक हिंसा विरुद्धको सन्देश, समाधानका उपाय, प्रेरणादायी कथा वा चेतनामूलक सामग्री समावेश हुनु पर्ने, टिकटकमा भिडियो अपलोड गर्दै 16DaysGBV #EndGBV #VoiceForChange ह्यासट्याग अनिवार्य प्रयोग गर्नुपर्ने र क्याप्शनमा बडिमालिका नगरपालिका उल्लेख अनिवार्य लगायतका सर्तहरू राखिएको छ ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट भिडियो बनाउने लाई पुरस्कारको समेत ब्यबस्था गरिएको र पुरस्कारका राशिहरूमा प्रथम नगद ५०००र प्रमाणपत्र दोस्रो ३००० र प्रमाणपत्र तेस्रो पुरस्कार २००० र प्रमाणपत्र राखिएको जनाएको छ । सबैलाई यो अभियानमा जोडिन आग्रह गर्दै सामाजिक सञ्जाललाई सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम बनाउन आग्रह गरेको छ।


प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives