सुशिल राेकाया– अखिल नेपाल बिद्यार्थी संगठनका पूर्व महासचिव तथा विद्यार्थी राजनीतिमा देशभरिका युवाको मन जित्न सफल नरेश रोकाया एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाजुराबाट ४० वर्ष मुनिका युवा क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।
अखिलको नेतृत्वदेखि नै लोकप्रिय मानिएका रोकाया अध्ययनशील स्वभाव, इतिहासप्रतिको गहिरो ज्ञान र प्रभावशाली भाषणकला मार्फत विद्यार्थी समुदायबीच अत्यन्त प्रिय नेता बनेका थिए।
विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेलेका रोकाया उमेरहदका कारण अखिलको अध्यक्ष बन्न नपाए पनि संगठनभित्रको उन्नत नेतृत्व क्षमताका कारण निरन्तर सम्मानित रहँदै आए।
उमेर सीमा पूरा भएपछि विद्यार्थी राजनीतिबाट बाहिरिएका रोकाया अहिले पार्टी राजनीतिमा पनि आफुलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै आएका छन्।
नेकपा एमालेको आगामी राष्ट्रिय महाधिवेशनका लागि युवा क्लस्टरबाट सर्वसम्मत चयन हुनु उहाँप्रति जिल्लाभरिका नेता कार्यकर्ताको ठूलो भरोसा र बिश्वास रहेको पाईन्छ ।
रोकायाको नेतृत्व, व्यवहार, संगठन क्षमता र अध्ययन–विश्लेषण गर्ने शक्ति अधिकांस युवाहरूका लागि अनुकरणीय मानिन्छ। महाधिवेशनमा उहाँले देशभरिका युवाहरूको भावना,दृष्टिकोण, चाहना र योजनाहरूलाई प्रतिनिधित्व गर्दै बलियो उपस्थिती जनाउने अपेक्षा राखिएको छ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार