२२ मंसिर २०८२, सोमबार

विरक्तिएको बिछ्या


बाजुराको हिमाली गाउँपालिका सबै भन्दा दुर्गम तथा पिछडीएको पालिका हो । जहाँ दुर्गम र न्यून सुविधा रहेको वडा मध्ये साविकको बिछ्या गाविस एक हो । अहिले पनि यहाँका नागरिक आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेको छन् ।

सडक, स्वास्थ्य, शिक्षा र संचारजस्ता सेवाहरू नपुगेका कारण यहाँका नागरिकहरु दैनिक जीवन निकै चुनौतीपूर्ण बनेको छ ।हिमाली गाउँपालिकाको माथिल्लो भेगमा पर्ने बिछ्या पहाडको काखमा बसेको गाउँ भए पनि विकासका आधारभूत संकेतहरू अझै प्रभावकारी रूपमा पुग्न सकेका छैनन् ।

वर्षौंदेखि कष्टकर जिवनयापन गर्दै आएका यहाँका स्थानीयहरूले आज पनि घण्टौं पैदल यात्रा गर्न बाध्य छन् । नागरिकहरु बिरामी परेमा स्वास्थ्य चौकी सम्म पुग्न समेत ३–४ घण्टा पिठ्उँमा बोक्नुपर्ने स्थीती ताजै छन् । हिमाली गाउँपालिका साविकको विच्छा गाविसमा करिब चार हजार भन्दा बढि जनसंख्या छ । यहाँका नागरिकहरुको मुख्य पेशा भनेकै कृषि तथा भेडाबाख्रा पालन हो ।


प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार