२४ बैशाख २०८३, बिहीबार

गाैमुलमा पालिका स्थरिय छैटौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरू


सुशील राेकाया— गाैमुल गाउँपालिकामा आयोजित छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाैमुल खेलकुद विकास समितिका अध्यक्ष बलबहादुर रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रतियोगिताले गाैमुलका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र एकता बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी विद्यालयहरूले विविध झाँकी, राष्ट्रिय संस्कृति झल्कने प्रस्तुति तथा आकर्षक कला प्रदर्शन गरी उद्घाटन समारोहलाई भव्य बनाएका थिए।
कार्यक्रमकाे गाउँपालिका जिन्सी प्रमुख गणेश रोकायाले सञ्चालन गरेका थिए । भने उपाध्यक्ष सीता थापाले स्वागत मन्तव्य दिँदै खेलकुदलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
यसैबीच, बिषिष्ट अतिथि समेत रहेका नेकपा एमालेका युवा नेता तथा अनेरास्ववियु केन्द्रीय कमिटीका निवर्तमान महासचिव नरेश रोकायाले खेलकुदले युवा र विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमतामा अघि बढाउने उल्लेख गर्दै स्थानीय तहले खेल संरचना विस्तारमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
गाैमुल गाउँपालिकाका विद्यालयबीच सञ्चालन भइरहेको प्रतियोगिता केही दिनसम्म जारी रहनेछ।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives