१९ मंसिर २०८२, शुक्रबार

सामुदायिक वनको लेखा–व्यवस्थापन र लैङ्गिक समानता सम्बन्धी २ दिने तालिम सम्पन्न


बाजुरा:  सामुदायिक वन उपभाेक्ता  समूहका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  “सामुदायिक वनको लेखा–अभिलेख व्यवस्थापन तथा लैङ्गिक समानता–समावेशीकरण” सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ। दुइ दिनसम्म सञ्चालित तालिममा महिला तथा पुरुष सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो। तालिममा लेखा सञ्चालन, अभिलेख व्यवस्थापन, वित्तीय पारदर्शिता, लैङ्गिक समानता, समावेशी नेतृत्व र निर्णय प्रक्रियामा सहभागिताबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको फेकाेफन बाजुराका बन प्राबिधीक चेतराज जैशीले बताएका छन् ।

प्रशिक्षकहरूले सामुदायिक वनमा सुशासन प्रवर्द्धन, प्रभावकारी नेतृत्व विकास, महिलाको सहभागिता विस्तार तथा दायित्व निर्धारणका व्यावहारिक सीपहरू सहभागीहरूलाई सिकाएका थिए। सहभागीहरूले तालिमबाट व्यावहारिक ज्ञान हासिल भएको र समुदायस्तरमै सिकाइ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

फेकाेफलन बाजुराकाे आयाेजनामा संचालन भएकाे कार्यक्रममा  विभिन्न साझेदार संस्थाको सहकार्यमा आयोजना गरिएको तालिमले सामुदायिक वन क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र लैङ्गिक समानता प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको छ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार