७ असार २०८३, आईतवार

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


बाजुरा :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हिमाली गाउँपालिका– ६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय एकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत सहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनीहरूले प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमानअनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको र निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेकाले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको अख्तियारले जनाएको छ।

आव ०७५/७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रुपैयाँमा ०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

लागत अनुमानबमोजिम आल्मुनियमको झ्यालढोकाको फ्रेम र सटरसहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरी लागत अनुमानमा उल्लेखित दररेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ।

उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरिएकाे छ।

हेर्नुस् आरोपपत्र :


प्रकाशित मिति: ४ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives