२२ मंसिर २०८२, सोमबार

राति ९ बजेपछि देउसीभैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह


बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले देउसीभैलो जस्ता कार्यक्रम सञ्चालन गर्दा व्यवस्थित एवं मर्यादित तरिकाले राति ९ बजेसम्म मात्र गर्न गराउन आग्रह गरेको छ । आइतवार शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना सहित एक सूचना जारी गर्दै आपसी सद्भाव र एकता झल्काउने चाडपर्व मनाउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पाैडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचना मार्फत मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन आग्रह गरेको छ ।

त्यस्तै प्रशासनले दैनिक उपभोगका वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्ने जस्ता उपभोक्ता हित विपरीतका कार्य नगर्न नगराउन सबैलाई आग्रह गरेको छ । चाडपर्वको बाहनामा धार्मिक एवं सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यस्तै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तोकिएको भन्दा बढी भाडा नलिने तथा ट्राफिक नियमको पालना गर्न समेत जिल्लाबासीलाई अनुरोध गरेको छ ।

हेर्नुस् सूचना ।
May be an image of text


प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार