बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिका ७ मा रहेकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीकाे मुर्ति राखिएकाे छ । टाइगर हिलका नामले चिनिने बाजुराकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ काे आर्थिक सहयाेग र स्थानीयकाे सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हाे ।

कालाजग्राकाे थप पर्यटन,प्रबर्द्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पुजाआजा गर्न सजिलाे हाेस् भन्ने उदेश्यका साथ देवीकाे मुर्ति स्थापना गरिएकाे बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार,वडाकाे करिब ३ लाख ५० हजारकाे लागतमा धनगढीबाट खरिद गरि मुर्ति स्थापना गरिएको बताएका छन् ।ढम्कने पदमार्ग हुँदै कालाजग्रासम्म महत्त्वपूर्ण सन्देश लेख्ने कार्य सम्पन्न पश्चात् देवीकाे मुर्ति स्थापना गरिएको पाध्यायकाे भनाइ छ। स्थापना गरिएको मुर्ति करिब ७५ देखि ८० केजीकाे रहेकाे छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बाेकेकाे कालाजग्रामा बडीमालिका ७ नम्बर वडा तथा बडीमालिका नगरपालिकाकाे समन्वय, सहकार्य तथा सहयाेगमा पदमार्ग,(भ्युटावर)पुर्वाधार निर्माण, कालाजग्रा पर्यटन पर्वद्धन, वातावरण संरक्षण, लगायत विभिन्न जानकारी प्रदान गर्ने महत्त्वपूर्ण सन्देश लेख्ने कार्य गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याईएकाे अध्यक्ष पाध्यायकाे भनाइ रहेकाे छ ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार