१९ मंसिर २०८२, शुक्रबार

बाजुराको हिमालीमा बेवारिसे महिलाको शव फेला


बाजुरा—बाजुरामा बेवारिसे शव फेला परेको छ । बुधवार बिहान हिमाली गाउँपालिका ६ झुगाला स्थित कर्णाली नदीमा शव फेला परेको हो ।

नाम ठेगाना नखुलेको अन्दाजी २२ बर्षकी महिलाको वेवारिसे शव कर्णाली नदीमा फेला परेको जनाएको छ । कर्णाली नदीमा बेवारिसे शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । सो जानकारीपछि प्रहरी चौकी धुलाचौरबाट खटिएको टोलीले उक्त बेवारिसे महिलाको शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त बेवारिसे शव कर्णाली नदी किनारमा दुई ढुंगाको बिचमा सडेगलेको अवस्थामा फेला परेको हो ।

अहिले उक्त बेवारिसे शव कोल्टी अस्पतालमा ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार