बाजुरा: जिल्लामा निरन्तर वर्षासँगै आएको बाढीपहिरोको विपद् व्यवस्थापनमा संलग्न कर्मचारीले सेवा प्रवाहमा कठिनाइ भएको जनाएका बेला जिल्ला प्रशासन कार्यालयले सबै सरकारी निकायलाई नियमित रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अब जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवायोग्य निकायहरूले तोकिएको समयमा सेवा प्रवाह गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले सोमबारदेखि नियमित सेवा सञ्चालन गर्न सबै कार्यालयहरूलाई आग्रह गर्दै आवश्यक व्यवस्था मिलाउन सार्वजनिक सुचनाद्धारा अनुराेध गरेकाे छ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार