बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिकाका एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् । सोही नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार बडीमालिका नगरपालिकाको बाउलीबाट थापालाइ पक्राउ गरेको बताए ।
प्रहरीले निजकाे झोलामा खोज तलासी गर्दा सेतो प्लाष्टिकमा बेरेर राखेको र अवस्थामा गस्ती टोलीले पक्राउ गरेको बताएका छन् । प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार