१९ मंसिर २०८२, शुक्रबार

स्वामीकार्तिक खापर र बुढीनन्दाले दियो आज शोक बिदा


बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको शोकमा बिदा दिएको हो । त्यस्तै, जिल्लाको बुढीनन्दा नगरपालिकाले पनि आज शोक बिदा दिएको छ ।

साेमवार देशका विभिन्न स्थानमा जेन–जी’ युवाहरुबाट भ्रष्टाचार अन्त्य लगायतका माग गर्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा १९ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् । पालिकाहरुले सूचनामार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पालिकाभर शोक बिदा दिएको जनाएको छ ।

त्यस्तै पालिका सहित वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थामा आज अत्यावश्यक सेवा बाहेकका बन्द रहने गरी शोक बिदा दिएको जानकारी दिएको छ । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार