बाजुरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री प्रकाश शाहले वर्तमान सरकारको शैलीलाई घोर तानाशाही प्रवृत्ति भन्दै आपत्ति जनाएका छन्। पुर्व मन्त्री शाहले सामाजिक सजाल फेशबुक मार्फत, “नैतिक र राजनीतिक वैधता गुमिसकेर पनि कुर्सीमा बसिरहने यो घृणित र घोर तानाशाही प्रवृत्ति रहेकाे बताएका छन।
रोम जलिरहँदा बासुरी बजाइरहेको निरो जस्तै अन्धो र संवेदनाहीन शासक नबनोस्,” भन्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन्। उनले निर्दोष नागरिकको हत्या रोक्न र देशलाई थप संकटमा जान नदिन सरकारले तत्काल पदत्याग गर्नुपर्ने चेतावनी दिएका छन्।
शाहका अनुसार हालको परिस्थितिमा सरकारका गलत निर्णय र उदासीनताले जनतालाई अझ बढी पीडा भोग्न बाध्य बनाएको छ। शाहले शान्तिपूर्ण समाधान र स्थिरताको लागि जिम्मेवार नेतृत्व आवश्यक भएको उल्लेख गर्दै वर्तमान शासकलाई नैतिकता र संवेदनशीलताको आधारमा निर्णय लिन आग्रह गरेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार