१९ मंसिर २०८२, शुक्रबार

जेन–जिको बाजुरा सदरमुकाममा आन्दोलन


बाजुरा:  देशभर फैलिँदै गएको जेन–जिको आन्दोलनप्रति बाजुराका युवाहरूले ऐक्यवद्धता जनाउँदै सदरमुकाम मार्तडीमा आन्दोलनको सुरुवात गरेका छन । मंगलवार बिहान १० बजेदेखि नेपाल टेलिकम कार्यालय परिसर अगाडिबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन। सामाजिक सञ्जाल बन्द गरिएको र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिन लागेका हुन् ।
आन्दोलनमा संलग्न युवाहरूले शान्तिपूर्ण तर दृढ स्वरमा आफ्नो माग प्रस्तुत गर्ने तयारी गरेका छन् । उनीहरूले तोडफोड वा हिंसात्मक गतिविधि नगरी कानुनी दायराभित्र रहेर विरोध गर्ने बताएका छन् । “हामीलाई हिंसाबाट होइन, आवाजबाट परिवर्तन चाहिएको हो । त्यसैले सडकमा शान्तिपूर्ण रूपमा उपस्थित भएर अन्याय विरुद्ध बोल्छौं,” एक आन्दोलनकारी युवाले भने । बाजुरा जिल्लाका युवाहरूले आफूहरूले भोगिरहेको बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यमा भएको चरम लापरबाही, तथा जनताको आवाज सुन्ने सरकारी इच्छाशक्तिको कमी नै आन्दोलनमा उत्रिनुको प्रमुख कारण भएको बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार