१९ मंसिर २०८२, शुक्रबार

जेनजी आन्दाेलनप्रति बडीमालिकाका कर्मचारीद्धारा दुख ब्यक्त


बाजुरा–  काठमाडौं लगायत देशका प्रमुख सहरी क्षेत्रमा भएको जेन–जि युवाहरूको प्रदर्शनका क्रममा १९ वर्षीय युवाको ज्यान गएको घटनाप्रति बडीमालिका नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूले गहिरो दुःख प्रकट गरेका छन्। नगरका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “दुर्भाग्यपूर्ण घटनामा परी ज्यान गुमाएका युवा तथा घाइतेहरूको परिवारलाई उचित राहत उपलब्ध गराउन र दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं।”

कर्मचारीहरूले आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई निःशुल्क र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरेका छन्। साथै, जेन–जेड युवाहरूको आन्दोलनलाई शान्तिपूर्ण रूपमा सम्बोधन गर्न सरकारलाई गम्भीर र संवेदनशील बन्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “युवापुस्ताको आवाजलाई अवमूल्यन नगरी संवादमार्फत समाधान खोज्नुपर्ने हाम्रो  धारणा हो। शान्ति, स्थिरता र जनताको जीवन रक्षा सरकारको प्रमुख जिम्मेवारी हो।”

विज्ञप्तिमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत  पदम बहादुर मासी, कर्मचारीहरुमा गोपाल बहादुर महत, शेरबहादुर बुढा, यज्ञराज पन्त, विजयकुमार शाही, नवराज बुढा, बाँचमल थापा, नरबहादुर रोकाया र भानुभक्त जोशीलगायतकाे हस्ताक्षर रहेकाे छ।

No description available.


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार