२४ बैशाख २०८३, बिहीबार

बाजुराका स्थानीयलाई काठे पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता


बाजुरा: बाजुराका अधिकाशं स्थानीय काठेपुलमा जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका स्थानीयलाई ठुला खोलामा झोलुङ्गे पुलको साहाराले आउजाउ गर्न सहज भए पनि ससाना खोलामा पक्की पुलको व्यवस्था नहुँदा वर्खाको समय उनीहरूलाई काठेपुलको जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको त्यहाँका स्थानीयले बताएका छन्।

अहिले यहाँका सबै गाउँ बस्तीमा सडक पुगेका छन्। ती सडकको बिचमा पर्ने खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँ राखेका काठेपुलमा जोखिम पूर्ण यात्रा गर्नुपरेको स्थानियले  बताए।  ती खोलामा हिउँदको समय गाडी राम्रो सँग गुड्ने गर्छन। तर वर्खाको समय भने  त्यहाँ पक्की पुल नहुँदा समस्या हुन्छ।

हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहका विभिन्न खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives