१९ मंसिर २०८२, शुक्रबार

बाजुरा जिल्ला कारागारको सुविधा सम्पन्न नयाँ भवन बन्दै


बाजुरा– जिल्ला कारागार बाजुराको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । जिल्ला कारागारमा ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको सुविधायुक्त नयाँ भवन निर्माण हुने भएको हो । २०३७ सालमा बनेको जिल्ला कारागार भवन जीर्ण बन्दै गएपछि अहिले नयाँ भवन बन्न लागेको जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जेलर अनिल कुमार तिवारीले बताएका छन । करिब ४५ बर्ष पहिले २५ जना कैदि बन्दीका लागि बनेको भवनमा कैदिबन्दीलाई निकै असहज भइरहेको बेला सरकारले भवन निर्माणका लागि आबस्यक प्रक्रृया अगाडी बढाएको जेलर तिवारीले बताए ।

बाजुरा कारागारका प्रमुख जेलर तिवारीले यँहाका कैदीबन्दीहरुलाई विभिन्न समस्या भइरहेको भन्दै आफू जिल्लामा आए लगत्तै भवन निर्माणका लागि पहल थालेको बताए । लामो समयको पहलपछि अब महिला र पुरुष दुवै गरी ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण हुने बडीमालिका खबरलाई बताए । उनका अनुसार शहरी विकास मन्त्रालय अर्न्तगत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको बताए ।

यस्तै, जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ । २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको जनाएको छ ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार