१९ मंसिर २०८२, शुक्रबार

मार्तडी बजारमा लाग्ने अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक


बाजुरा: सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । भदाै २२ गते देखी २४ गते सम्म संचालन हुने मेलालाई ब्यव्स्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा आज बसकेको सर्बपक्षिय बैठकले मेला ब्यवस्थापन गर्न मदिरा बिक्री बितरण निणर्य गरेको बडिमालिका नगरपालिकाका वडा न ८ का वडा अध्यक्ष चन्द थापाले बताएका छन  ।

अनन्ते मेला अवधिभर मदिरा बिक्रि गर्नेलाइ ५ हजार  जरिवाना गरिने सर्बपक्षिय बैठकले निणर्य गरेको छ । बडीमालिका नगरपालिकावडा न. ८ को वडा कार्यालयले अनन्ते मेलालाई व्यवस्थित बनाउन मदिरा बिक्रि गर्नेलाई जनही पाँच हजार जरिवाना गर्ने निणर्य गरेको बडिमालिका वडा न ८ का वडा अध्यक्ष  थापाले बताएका छन ।

यदि कोही कसैले वडा कार्यालयले गरेको निणर्य उल्लंघन गरेको खण्डमा अनन्ते मेला व्यवस्थापन समितको सक्रियतामा स्थानीय तह र जिल्लान प्रशासन कार्यालयको सहकार्यमा कारवाही गरी जरिवाना गरिने अध्यक्ष थापाले बताएका छन् । भदाै २२ गते देखी लाग्ने अनन्ते मेलालाई मर्यादित ढङ्गले सभ्य अनि भव्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न बडिमालिका नगरपालिका र वडा न ८ र ९ ले सबैलाई आग्रह गरेको छ । बाजुरा जिल्लाको परम्परागत संस्कृतिको रुपमा रहेको अनन्ते मेला हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने गरेकोमा यस बर्षपनि भदाै २२ गते देखी २४ गते सम्म मेला लाग्ने भएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार