१९ मंसिर २०८२, शुक्रबार

बुढीगंगा–१० मा प्रशुति सेवा संचालन, स्थानीयवासी खुशी


बाजुरा: बुढीगंगा नगरपालिका–१० मा मंगलबारदेखि औपचारिक रूपमा प्रशुति सेवा संचालनमा आएको छ। नगरपालिकाकाे लामाे प्रयासपछी प्रसुती सेवा संचालनमा ल्याइएकाे हाे । यस सेवाबाट वडा नं. १० का साथै वडा नं. ८ रिठाबजार, नुवाकोट, मोटाबाडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्। विगतमा महिलाहरूलाई प्रसुति सेवाका लागि करिब २–३ घण्टा उकालो हिँडेर टाढा जानुपर्ने बाध्यता हट्ने भएकाे छ। अब भने स्थानीयमै सहज र सुरक्षित सेवा पाउने भएका छन् स्थानिले बताए।

प्रशुती सेवाकाे उद्घाटन गर्दै नगर प्रमुख रामबहादुर बानियाले भने, “बुढीगंगा नगरपालिका स्वास्थ्य सेवा र सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेको छ। अब यहाँका महिलाले घर नजिकै सहज र सुरक्षित प्रशुति सेवा पाउनेछन्। यसले आमाको जीवन मात्र होइन, नवजात शिशुको जीवन जोगाउन पनि ठूलो योगदान पुर्‍याउनेछ।”

स्थानीयवासीले प्रशुति सेवा संचालनमा आएकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूले अब गर्भवती महिलालाई समयमै स्वास्थ्य उपचार उपलब्ध हुने र जोखिम कम हुने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार