बाजुरा: सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाइ अभिमुखीकरण गर्ने उदेस्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
बाजुराको मार्तडीमा भदौ १६ र १७ गते संचालित अभिमुखीकरण कार्यक्रममा जिल्लाका बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका सामुदायिक मनोसामाजिक कार्यकर्ताहरू सहभागीहरूले यौन अधिकार, प्रजनन स्वास्थ्यका चुनौती र त्यसको समाधानबारे विस्तृत प्रशिक्षण प्राप्त गर्ने भएका छन । दुई दिन सम्म संचालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा परिवार नियोजन संघ नेपालको आयोजनामा, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र नर्वेजिन सरकारको सहयोगमा संचालन गरिएको आयोजकले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले यौन तथा प्रजनन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गाउँगाउँसम्म पुर्याउन सामुदायिक कार्यकर्ताहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, “समुदायमा अझै यस्ता विषयप्रति हिचकिचाहट छ। यसलाई सहज र वैज्ञानिक ढंगले बुझाउन तपाईंहरूकै योगदान आवश्यक छ।” यसमा हामी सबैले गम्भिरताका साथ एकजुट भएर लाग्नुपर्ने बताएका छन ।
त्यसैगरी, सो कार्यक्रमका अध्यक्ष तथा बडीमालि नगरपालिकाका नगरप्रमुख अमर खड्काले यौन र प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारलाई व्यवहारमा उतार्न नगरपालिका प्रतक्ष जोडीएकोले गाउँमा हुने यस्ता घटनालाई यो कार्यक्रमका सहजकर्ताबाट सघाउ पुर्याउने अपक्षा ब्यक्त गरेका छन । नगरप्रमुख खड्काका अनुसार, “सचेतना बिना सेवा प्रभावकारी हुँदैन। अभिमुखीकरणमार्फत तयार भएका कार्यकर्ताले स्थानीय तहमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।”
अभमिुखीकरण कार्यक्रमका प्रशिक्षकहरूले सहभागीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी दिँदै यसलाई आधारभूत मानवअधिकारको रूपमा लिनुपर्नेमा जोड दिएका छन । किशोरकिशोरी, महिला, बालबालिका तथा कमजोर अवस्थाका समुदायमा सचेतना अभिवृद्धि गर्न सामुदायिक स्तरमै काम गर्नुपर्ने भएको हुदा यो बिषयमा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूले यो बिषयमा जानकारी हुनुपर्ने आवश्यकता औंल्याइएका छन ।
सहभागी सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूले कार्यक्रममा प्राप्त ज्ञानले समुदायमा काम गर्दा सहज हुने विश्वास व्यक्त गरेका छन । यस्ता विषयमा अलि संकोच गर्छौं, तर अभिमुखीकरणले यसलाई खुलेर बुझ्ने र बुझाउने हौसला प्रदान गर्ने अपेक्षा गरिएको उनिहरुको भनाई रहेको छ । सामुदायिक मनोसामाजिक कार्यकर्तामार्फत जनस्तरमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सन्देश फैलाउने र अधिकारबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको परिवार नियोजन संघ नेपालकी रेनु यादवले बताएकी छन । यसले ग्रामीण क्षेत्रमा अझ बढी प्रभावकारी योगदान गर्ने विश्वास यादवको भनाई रहेको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका प्रमुख, बडिमालिका नगरपालिका महिला तथा बालाबालिका शाखा प्रमुख, यूएनएफपीए बाजुराका प्रमुख देबेन्द्र शाह, पत्रकार लगायतको उपस्थिती रहेको थियो । चेतराज फुलाराले संचालन गरेको कार्यक्रमको स्वागत परिवार नियोजन संघ नेपालका प्रतिनिधी रेनु यादवले गरेकी थिईन ।
दुई दिन सम्म संचालन हुने अभिमुखीकरण कार्यक्रमको सहजीकरण यूएनएफपिएका बाजुरा जिल्ला संयोजक देबेन्द्र शाह, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रमुख सोभाकान्त पौडेल रेनु यादव र चेतराज फुलाराले गर्नेछन ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार