१९ मंसिर २०८२, शुक्रबार

मार्तडी बजारबाट एक बालक हराए, खोजी कार्यमा सहयाेग गरिदिन आफन्तको अनुराेध


बाजुरा: बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट एक बालक हराएका छन । जिल्लाको त्रिवेणी नगरपालिका–२ सिम्ला घर भई हाल मार्तडीमा बसेर कन्भर्स एकेडेमीमा  अध्ययनरत बर्ष ८ का विकास न्यौपाने हराएका हुन । विकासका बुबा चक्र न्यौपाने र आमा लक्ष्मीदेवी न्यौपानेका अनुसार उनी शनिबार बिहान करिब ९ बजेतिर मार्तडी बजार स्थित हिल टप होटल नजिकबाट हराएकाे बताएका छन ।
बालकले शनिबार बिहान  शरीरको माथिल्लो भागमा “श्री पार्वती माध्यमिक विद्यालय, त्रिवेणी नगरपालिका–२ सिम्ला, बाजुरा” लेखिएको निलो रंगको टिसर्ट र तल्लो भागमा खैरो रंगको जिन्स पाइन्ट लगाएको आफन्तले बताएका छन । परिवार र स्थानीयवासीले खोजी कार्यजारी राखेकाे आफन्तले बताएका छन  तर अहिलेसम्म सम्पर्कमा नआएकाे उनिहरुकाे भनाइ रहेकाे छ।

बालक देख्नुभएमा सम्बन्धित कुनै जानकारीपाएमा वा फेला पार्नुहुने महानुभावले निम्न ९८६७३४५९१३ वा ९८६५९८१९७० नम्बरमा सम्पर्क गरी सहयोग गर्न वा नजिको प्रहरी चौकीमा खवर गरिदिन आफन्तले आग्रह गरेका छन । बालकको खोजीमा प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको र सहयोगका लागि अनुरोध गरिएको पारिवारीक श्रोतले जनाएको छ ।
No description available.


प्रकाशित मिति: १५ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार