बाजुरा: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरेको छ। साे सरुवा अन्तरगत बाजुराका ३ स्थानिय तह पनि परेका छन । जसमा बडीमालिका नगरपालिका त्रिबेणी नगरपालिका र बुढीनन्दा नगरपालिकामा नयाँ प्रमुख प्रशासिकय अधिकृत आउने भएका छन ।
बडीमालिका नगरपालिकामा उपसिचव लाेकराज जाेशी उध्याेग बाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तरगतबाट आउने भएका छन । त्यसै गरी गृह मन्त्रालय अन्तरगत उपसिचव सत्यराज जाेशी र कैलाली जिल्लाका जिल्ला समन्वय अधिकारी भाेजराज भट्ट बुढीनन्दा नगरपालिकामा आउने भएका छन ।
यससँगै बाजुराकै जगन्नाथ गाउँपालिका, गाैमुल गाउँपालिका, र खप्तड छेडेदह गाउँपालिकामा नयाँ शाखा अधिकृतहरु प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा आउने भएका छन । जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी शाखा अधिकृत, गाैमुल गाउँपालिकामा नवीन पाेखरेल शाखा अधिकृत र खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल शाखा अधिकृतहरु प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा आउने भएका हुन । दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वत: रद्ध भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशभरका १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त अधिकृतका भरमा सञ्चालन भइरहेकाे स्थानीयतहहरुमा पूर्ण जिम्मेवारीसहितका अधिकृतहरु पठाइएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार