१९ मंसिर २०८२, शुक्रबार

बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ


बाजुराः बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ परेका छन्। गए राति १० बजे बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिक प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्।

उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार