१९ मंसिर २०८२, शुक्रबार

बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाह सम्बन्धि समन्वय बैठक सम्पन्न


बाजुरा: बडीमालिका नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” अभियान अन्तर्गत बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाहको लागि स्थानीय सरकार र सरोकारवालाहरूको भूमिका सम्बन्धी पैरवी तथा समन्वय बैठक आज बाजुराको बडीमालिका नगरपालिका कार्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा बालबालिका सम्बन्धी संवेदनशीलता र लैङ्गिक उत्तरदायित्व सुनिश्चित गर्न स्थानीय तहले गर्नुपर्ने भूमिका, जिम्मेवारी र प्रभावकारी सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकारसँग सहकार्य र समन्वयमार्फत महिलाको सशक्तिकरण, बाल अधिकार संरक्षण तथा लैङ्गिक समानताका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए।

बडीमालिका नगरपालिका कार्यवाक नगरप्रमुख डम्मर महतकाे अध्यक्षतामा स‌चालन भएकाे बैठकमा अधिबक्ता हर्क खडायत,युनिसेफका प्रतिनिधी टेकेन्द्र भण्डारी, श्रर्जना नेपाल, प्रकाश कैठी, सुस्मा चाैधरी लगायतले साे बैठककाे सहजीकरण गरेका थिए ।

बडीमालिका नगरपालिकाको आयाेजनामा स‌चांलन भएकाे  कार्यक्रममा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको सहकार्य र सामुदायिक विकास केन्द्रको आयोजना तथा यूनिसेफकाे सहयाेगमा साे बैठककाे आयाेजना गरिएकाे बडीमालिका नगरपालिकाका गैसस फाेकल पर्सन कृष्ण खड्काले बताए । बैठकमा जनप्रतिनिधि, कर्मचारी,  सरोकारवाला निकाय र पत्रकारकाे उपस्थिति रहेकाे थियो।

बैठकले बालमैत्री, महिला उत्तरदायी तथा लैङ्गिक समानतामूलक समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता जनाएको आयोजकले जानकारी दिएको छ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार