१९ मंसिर २०८२, शुक्रबार

लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनसम्बन्धी तालिम सुरू


बाजुरा: लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन गर्ने उद्देश्यका साथ बाजुराको सदरमुकाम मार्तडीमा दुई दिने तालिम सुरू भएको छ।समाजमा “लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनका लागि सामाजिक उत्तरदायित्वसम्बन्धी तालिम” संचालन गरिएकाे हाे । सदरमुकाम मार्तडीमा तालिम होटल हिल टप, मार्तडीमा सुरू भएको साे तालिममा विभिन्न सामाजिक संघ संस्थाका प्रतनिधिहरू सहभागी रहेका छन । दुई दिन सम्म संङालन हुने साे तालिमकाे बडिमालिका नगरपालिकाका कार्यबाहक नगरप्रमुख डम्मर महतकाे प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएकाे छ ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, महिला अगुवा, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
यस तालिमको उद्देश्य सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्दै लैङ्गिक समानता, समावेशी शासन प्रणाली र उत्तरदायी नेतृत्व विकासमा जोड दिने रहेको छ। तालिममार्फत सहभागीहरूलाई लैङ्गिक संवेदनशीलता, स्थानीय सरकारमा महिलाको सहभागिता, नीति निर्माणमा उत्तरदायित्व र नागरिक निगरानीका बारेमा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाहरूले जानकारी दिएका छन्।
कार्यक्रम “सशक्त महिला, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हो। तालिमको आयोजना महिला पुनःउत्थान केन्द्र (WOREC) ले गरेको हो भने युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ, नेपाल सरकार तथा सरोकारवाला निकायहरूको सहकार्य रहेको छ।
आयोजकका अनुसार समावेशी शासन प्रणालीले मात्र दिगो विकास सुनिश्चित गर्न सक्ने भएकाले यस्ता तालिम आवश्यक रहेको छ। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले लैङ्गिक समानता प्रवर्द्धनका लागि राज्यका हरेक तहमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने, नीति निर्माणदेखि बजेट व्यवस्थापनसम्म लैङ्गिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
तालिमका प्रशिक्षकहरूले सहभागीलाई सामाजिक उत्तरदायित्वका विविध अभ्यासबारे जानकारी दिँदै नागरिक निगरानी, जवाफदेही नेतृत्व र समावेशी निर्णय प्रक्रियामा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेबारेमा पनि प्रशिक्षण दिने बताएका छन्।
बाजुरामा आयोजना भएको यो तालिमले जिल्लामा मात्र नभई सुदूरपश्चिम प्रदेशकै स्थानीय तहमा लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रणालीलाई सुदृढ बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार