बाजुरा: सडक डिभिजन कार्यालय साँफेबगर अछामले बाजुराको दानसागु खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर आह्वान गरेको छ । सडक डिभिजन कायालय अछामका अनुसार साफे मार्तडी सडक खण्ड अन्र्तगत हाल जडाङ्गा स्थित बुढिगंगा नदीमा रहेको बेलिब्रिजलाई सारेर दानसागु खोलामा जडान गर्ने योजना अनुसार टेन्डर खोलिएको जनाएको छ । सो कार्यका लागि करिब अढाई करोड रुपैयाँ लागत अनुमान गरिएको सडक डिभिजन कार्यालय साफेका प्रमुख नेत्र देवकोटाले बताए ।
टेन्डर यहि साउन २९ गते प्रकाशित गरिएको हो र ३० दिनसम्मका लागि टेन्डर खुला रहने जनाएको छ । सम्बन्धित निर्माण कम्पनी वा ठेकेदारले तोकिएको समयसीमा भित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।
स्थानीयवासीले लामो समय देखि दानसागु खोलामा सुरक्षित आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै माग गर्दै आएका थिए । बेलिब्रिज स्थापना भएपछि स्थानीय यातायात सहज हुने र आर्थिक–सामाजिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयले समयमै प्रक्रिया पूरा भई यस आर्थिक वर्षमै दानसागु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने गरी काम थालिएको बताएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार