१९ मंसिर २०८२, शुक्रबार

बुढिनन्दा दर्शनमा गएका एक तिर्थयात्री सम्पर्कविहिन


बाजुरा: बुढीनन्दाको दर्शन गरेर फर्किएका एक तीर्थयात्री बिचबाटाे पाटनमा सम्पर्क विहिन बनेका छन् ।साउन २३ गते लागेको बुढीनन्दाको मेलामा दर्शन गरेर सोही दिन घर फर्किने क्रममा बीच बाटोबाट सम्पर्क विहिन बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सम्पर्क विहिन हुनेमा बडीमालिका नगरपालिका–९ उखाडीका ५५ वर्षीय खिमराज उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन ।  उनले दिएको जानकारी अनुसार बुढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडाबाट फेरि बुढीनन्दातर्फ फर्किएका र सम्पर्कमा नआए पछि खाेजी भईरहेकाे बताए । सम्पर्क विहिन भएका उपाध्यायको खोजीका लागि इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरिक्षक लोकराज अवस्थीको कमान्डमा ७ जनाकाे टोली गएको प्रहरी नायव उपरिक्षक हवारीले बताएका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार