१९ मंसिर २०८२, शुक्रबार

बडीमालिका नगरपालिकाद्धारा धनगढी उप–महानगरको टोलीलाइ स्वागत


बाजुरा: धनगढी उप–महानगरपालिकाको नेतृत्वमा रहेको सरकारी टोली पहिलो पटक बाजुरास्थित पवित्र बडीमालिका धामतर्फ औपचारिक पूजायात्रामा प्रस्थान गरेको छ । सोही अवसरमा बडीमालिका नगरपालिकाले स्वागत समेत गरेको छ । उप–महानगरपालिकाका उप–प्रमुख नन्दकला रानाथारु, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती तथा उनको प्रतिनिधिमण्डललाई बडीमालिका नगरपालिकाको आतिथ्यतामा बाजुरा पुगेको बडीमालिका नगरपालिकाका प्रबक्त धर्मराज पाध्यायले बताएका छन । बडीमालिका नगरपालिकाको आयाेजनामा गरिएकाे स्वागत कार्यक्रममा नगर प्रमुख अमर खड्का उप प्रमुख नन्दा थापा लगायत नगरपालिकाको टिमले महानगरको टिमलाई स्वागत गरेको नगर प्रबक्ता पाध्यायले बताएका छन।
पवित्र बडीमालिका यात्रा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण तीर्थयात्रा मानिन्छ । प्रत्येक वर्ष साउन महिनाको विशेष अवसरमा हजारौँ श्रद्धालुहरू यस यात्रामा सहभागी हुने परम्परा रहेको छ । धनगढी उप–महानगरको टोलीको सहभागीता ऐतिहासिक भएको बताउँदै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले भने, “यस यात्राले सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्नेछ।  उक्त अवसरमा सहभागी टोलीलाई स्थानीय जनप्रतिनिधिले पुष्पगुच्छा, अविर र टीका सहित स्वागत गरेका थिए । उपप्रमुख रानाथारुका अनुसार, “पवित्र धामको यात्रा केवल धार्मिक कर्म मात्र नभई सांस्कृतिक र समाजिक र आन्तरिक पर्यटन प्रबद्धन समेत रहेकाे  बताएकी छन । यो यात्राले सुदूरपश्चिमको समग्र पर्यटनको विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाई रहेको छ ।
उक्त टोली बडीमालिका धामसम्मको पैदल यात्रा गर्दै धार्मिक पूजाआजा, दर्शन गर्ने उद्देश्यसहित प्रस्थान गरेको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार