बाजुरा:नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लाग्ने मेलाको अवसरमा निशुल्क स्वास्थ्य साहयता तथा शिबिर संचालन गर्ने भएको छ । २१ गते देखी २४ गते सम्म त्रिबेणी र बडीमालिका मन्दिर परिसरमा स्वास्थ्य शिबिर संचालन गर्ने भएको हो । ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा बिशशेज्ञ सहितको स्वास्थ्य शिबिर संचालन गरिने ईश्वरीबक्स गुल्म बाजुराका गुल्मपती सेनानी कृष्ण तिमिल्सेनाले बताएका छन । हरेक बर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात साउन शुक्ल चतुदर्शीको दिन लाग्ने मेला यस बर्ष साउन २३ गते रहेको छ ।
जात्राका लागि भक्तजनहरु एक हप्तादेखी हिड्न थालिसकेका छन । उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरुको आकस्मीक उपचारका लागि नेपाली सेनाको ईस्वरीबक्स गुल्म बाजुराले स्वास्थ्य शिबिर संचालन गर्ने ईस्वरीबक्स गुल्मका गुल्मपती तिमिल्सेनाले बताएका छन । अक्सिजन सहितको स्वास्थ्य शिबिर संगै नेपाली सेनाको हेलीक्पटर समेत स्टयानवाई राखीने सेनानी तिमिल्सेनाले बताएका छन ।
नेपाली सेनाले बाटोमा हिड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको ब्यवस्थापन, अस्थाई शौचालय ब्यवस्थापन लगायत तिर्थालुभक्तजनका लागि त्रिबेणी पाटन र बडीमालिका मन्दिर परिसरमा अस्थाई बासका लागि टेन्टको समेत ब्यबस्थापन गरिने ईस्वरीक्स गुल्ममा प्रमुखु गुल्मपती तिमिल्सेनाले बताएका छन । त्यस्तै मेला अवधिभर शान्तीसुरक्षा, भिड ब्यवस्थापन र मेला सम्पन्न पश्चात बडीमालिका सफाई अभियान लगायतका बिभिन्न कार्यक्रमहरु रहने उनले बताएका छन ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार