१९ मंसिर २०८२, शुक्रबार

पत्रकार महासंघ बाजुराले बडीमालिका विशेष अभियान प्रचार थाल्यो


बाजुरा: जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको यात्रा विेशष प्रचार अभियान थालिएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बडीमालिकाको धार्मिक यात्राको प्रवद्र्धन तथा प्रचार गर्ने गरी विशेष अभियान सुरु गरेको शाखाका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । बडीमालिका धार्मीक यात्रा साउन २१ बाट सुरु हुनेछ । भने धार्मीक मेला साउन २३ गते लाग्नेछ ।
बडीमालिका सहित बुढीनन्दा, सुनन्दा बडालेक, दुनालेख, डडुल्ली सहितका धार्मिक शक्तिपीठ केन्द्रीत प्रचार अभियान थालनी गरिएको महासंघले बताएको छ । जनैपूर्णिमा बिशेष बाजुराका दर्जन बढी धार्मीक शक्तिपीठमा मेला लाग्ने गर्दछ । बिशेष गरि सामाजिक सञ्जाल मार्फत बडीमालिका र बुढीनन्दा धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन केन्द्रीत प्रचार अभियान थालनी गरिएको महासंघले जनाएको छ ।

सिंगो देशकै सम्पत्ती र धर्तीको भू–स्वर्गको रुपमा रहेको बडीमालिकाको महिमा र विशेषता बारे प्रचार गर्ने र तीर्थ यात्रामा आएका र नआएका सबैलाई मेला बारे जानकारी गराउने गरि प्रचार अभियान थालनी गरिएको छ । अभियान अन्र्तगत भिडियो, फोटो सहितको सामाग्री सामाजिक सञ्जालमा राख्ने, प्रचार व्यानर बनाउने, बडीमालिका क्षेत्रको धार्मिक र पर्यटकीय महिमा बारे जानकारी दिने गतिविधी गरिने महासंघका सचिव प्रेमबहादुर रौलेले जानकारी दिएका छन् ।

अभियान बिशेष गरि सामाजिक सञ्जाल केन्द्रीत हुने बताइएको छ । सुदुरमा लुकेको स्वर्गकै रुपमा रहेको बडीमालिकाको महिमालाई सामाजिक सञ्जाल मार्फत गरिने प्रचार अभियानले विश्व बजारमा प्रवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास पत्रकार महासंघले गरेको छ ।पत्रकार महासंघ बाजुरा शाखाले २०७३ सालमै बाजुराका प्रमुख पर्यटकीय र धार्मीक गन्तव्य बिशेष बुलेट प्रकाशित गरि प्रचार तथा प्रसारका गतिविधी अघि बढाउँदै आएको छ ।

पर्यटकीय महिमाको हिसाबमा देशकै सुन्दर गन्तव्य भएपनि बाजुराकै भूगोलमा अवस्थीत बडीमालिकाको प्रवद्र्धन र प्रसारमा जिल्लाको बढी भूमिका र जिम्मेवारी हुने बुझाइ पत्रकार महासंघ बाजुराको छ । महासंघले बडीमालिका, बुढीनन्दा लगायतका क्षेत्रको अध्ययन अवलोकन र यस बारे केही दस्तावेज निर्माणका लागि आउने पर्यटक तथा अन्वेषणकारि टोलीलाई समेत सहजिकरण गर्ने निर्णय गरेको छ । बडीमालिका धार्मिक यात्रा विशेष अभियान नै चलाउने गरि निर्णय गरेको महासंघले सबै सञ्चार कर्मी र सञ्चार माध्यमलाई प्रचार प्रसारकै लागि भएपछि दैनिक जसो समाचार र सूचना प्रकाशन र प्रसारण गर्न आग्रह गरेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार