१९ मंसिर २०८२, शुक्रबार

बाजुरामा शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण


बाजुरा—शहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन बाजुराको आयोजनामा सडक कोरिडोर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । साफेँ मार्तडी सडक अन्तर्गत विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम निजामती कर्मचारी संगठन बाजुराद्धारा सञ्चालन गरिएको स्मृति दिवसको एक महत्वपूर्ण सामाजिक क्रियाकलापको रूपमा सम्पन्न गरिएको जनाएको छ ।

यस कार्यक्रममा नयाँ बिरुवा लगाउँदै हरित वातावरणको संरक्षण र स्मृति दिवसको सन्देशलाई मध्यनजर गरिएको निजामती कर्मचारी संगठन बाजुराले जनाएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले विगतमा पनि यस प्रकारका सामाजिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार