१९ मंसिर २०८२, शुक्रबार

पर्यटन प्रवद्र्धन गर्न पत्रकार महासंघको दोस्रो पूर्ण बैठक बिरेखोलामा


सुशिल राेकाया: नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आफ्नो दोस्रो पूर्ण बैठक जिल्लाकै एक प्रसिद्ध पर्यटकीय गन्तव्य बिरेखोलाको किनार तथा बडीमालिका नगरपालिका २ घागरमा सम्पन्न गरेको छ । महासंघको दोस्रोपूर्ण बैठकले बिरेखोला लगायत बाजुराको पर्यटन प्रबद्धन गर्ने उदेस्यका साथ सो बैठकको आयोजना गरेको हो । बैठक संगै बनभोज र प्रवद्र्धनात्मक घोषणा पत्र पनि जारी गर्ने निर्णय सहित बैठक सम्पन्न भएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताएका छन् ।
जिल्लाको बडीमालिका नगरपालिको वडा नम्बर ८र ६ को सिमानामा पर्ने बिरेखोला झर्ना पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। सदरमुकामबाट नजिकको गन्तब्य र यातायातको सहज पहुचका कारण बिरेखोला पुग्न सहज भएका कारण दैनिक सयौं स्थानीय तथा पर्यटकहरू झरना अवलोकन गर्न आउने गरेका छन्। झर्नाको प्राकृतिक सौन्दर्य, शीतल पानी र हरियालीले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ।
पत्रकार महासंघ बाजुरा शाखाले बिरेखोलाको थप प्रचारप्रसार र राज्यको ध्यानाकर्षण गराउन बिरेखोलामा बैठक आयोजना गरेको महासंघका अध्यक्ष सिंहले बताएका छन् । झरना नजिकै बनभोज कार्यक्रमको आयोजना गर्दै बिरेखोलाको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा सबै तहका सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले औपचारिक घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको सचिव प्रेम रौलेले जानकारी दिएका छन् ।
प्रेस चौतारि नेपालका केन्द्रीय सदस्य कृष्ण ओलीले बाजुरा प्राकृतिक रूपमा धनी जिल्ला भएको र रानिशैन बाहेकका जिल्लामा बडिमालिका, छेडेदह ताल, बार्जुकोट लगायत दर्जनौ पर्यटकिय गन्तब्यको पहिचान सहित प्रचार प्रसार र प्रवद्र्धनको लागि पत्रकारहरूले सधै अग्रभागमा रहेर काम गरेको बताए ।
स्थानीय नागरिकहरू पनि पत्रकार महासंघको यो कदमप्रति खुशी व्यक्त गर्दै, राज्यले यस्तो ठाउँमा आवश्यक लगानी गर्नुपर्नेमा जोड दिएका छन्। बिरेखोलामा भएको यो बैठक र कार्यक्रमले आगामी दिनमा यहाँको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार