
बाजुरा: बाजुरामा कृषि हाटबजारका लागि संरचनाहरु बनेसंगै बडिमालिका नगरपालिकाद्धारा सटर भाडामा दिन सार्वजनिक सुचनाकाे आह्यवान गरेकाे छ । बडिमालिका नगरपालिका कृषि बिकास शाखाले सार्वजनिक सुचना प्रकाशन गर्दै २१ दिन भित्र ब्यापारीले भाडामा लिन अनुराेध गरेकाे हाे ।
बडीमालिका नगरपालिका कृषि हाटबजार सचालनका लािग बसेकाे समितिकाे बैठकले बिभन्न मापदण्ड तयार गरि भाडामा दिने निर्णय गरी सार्वजनिक सुचना प्रकाशन गरिएकाे बडिमालिका नगरपालिका कृषि बिकास शाखाले जनाएकाे छ ।
जिल्ला सदरमुकाम मार्तडीमा कृषि हाटबजारका लागि बडिमालिका नगरपालिका र तीनवटा सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा संरचना निर्माण गरिएका थिए ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार