१३ श्रावण २०८२, मंगलवार

बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०८१/०८२ मा गरेका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको हो । बडीमालिका नगरपालिकाको आयोजना तथा एमडी आभास मल्टिमिडिया हाउसले सहजीकरण गरेको एमडी आभास मल्टिमिडिया हाउसका संचालक मदनराज जैशीले बताएका छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख अमर खड्का, उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशाशकीय अधिकृत पदम बहादुर माझी प्रमुखबक्ताको रुपमा रहेका थिए । प्रमुख प्रशासकि अधिकृत लगायत बिषयगत शाखाका प्रमुखहरुले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएका थिए ।
त्यस्तै नगरपालिकाद्वारा प्रवाह गरिने सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक सुझाव सल्लाह लिई सुधार गने, र अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चितता गर्न जनप्रतिनिधी र कर्मचारीलाई थप जिम्मेवार बनाउने नगरप्रमुख अमर खड्काले बताएका छन । कार्यक्रममा विषयबस्तु प्रस्तुतिकरण वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनका आधारमा सहभागीहरुलाई एमडी आभाष मल्टिमिडिया हाउसका संचालक मदन राज जैशीले सहजीकरण गरेका थिए ।

स्थानिय स्तरबाट उठेका प्रश्नको उत्तर नगर प्रमुख अमर खड्का, नगर उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी र नगर प्रबक्ता धर्मराज पाध्याय लगायत बिषयगत शाखाका प्रमुखहरुले दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले नगरपालिकाका भए गरेका उपलव्धीहरुलाई साविकको भन्दा राम्रो बनाउन सुझाव दिएका छन । सार्बजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका स्थानीय, जनप्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पत्रकारहरु लगायत एक सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन गरिएको थियो ।
बडिमालिका नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताए । कार्यक्रमका सहभागी राजनितीक दलका तर्फबाट नेपाली काग्रेसका नगर सभापती गोपाल कार्की एमाले नगर कमिटि अध्यक्ष राजेश पायल विक नेकपा माओबादी केन्द्रका चन्द्र थापाले नगरपालिकाको समग्र विकासका लागी निरन्तर लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मीराज पाध्यायले गरेका थिए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार