१२ श्रावण २०८२, सोमबार

स्थानीयको श्रमदान र युवा क्लबको सक्रियतामा कालाऋषि खोलामा काठेपुल निर्माण


बाजुरा: बडिमालिका नगरपालिका वडा नं ७ मा रहेको कालऋषि युवा क्लबको संयोजनमा कालऋषि खोलामा काठेपुल निर्माण गरिएको छ । यो पुल सम्पूर्ण स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो । बर्षायाम संगै खोला बढ्न थालेपछी असहज हुदै आएकोमा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरेका हुन । काठेपुल निर्माण संगै स्थानीयलाई आवत–जावतमा सहजता भएको भएको छ। वर्षायाममा खोलामा पुलको अभाव हुँदा स्थानीयलाई आवत–जावतमा कठिनाइ हुने गरेको थियो । यस समस्याको समाधानका लागि कालऋषि युवा क्लबको पहलमा काठेपुल निर्माण गरेर सहजता भएको स्थानियले बताएका छन । पुलको निर्माणले अब स्थानीयहरूको दैनिक जीवनमा सहजता र सुविधा प्रदान गर्ने विश्वास गरिएको उनिहरु बताउछन ।
कालऋषि युवा क्लबले यसअघि पनि विभिन्न सामाजिक र विकासमूलक कार्यहरू गर्दै आएको छ । क्लबका एक सदस्यले भने, “समुदायको आवश्यकता र समस्यालाई बुझ्दै हामीले हरेक वर्ष यस्ता काम गर्दै आएका छौं, आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्छौं।” स्थानीयले क्लबको यस योगदानप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यहरूमा सधैं सहयोग र समर्थन दिने प्रतिबद्धता जनाएका छन्।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार