
बाजुरा: बाजुरामा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका ३ सिराडीका अन्दाजी २२ बर्षका दिनेश बोहरा रहेका छन् ।
शनिवार बिहान स्थानीयले उनलाई सोही ठाउँको घोडाकोटी खोलामा मृत अवस्थामा फेला पारेका थिए । स्थानीयले काठेपुलबाट खसेको भनि जानकारी दिएपछि तत्काल इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले बुझ्दा मृतक बोहरा सिलाजित भन्ने ठाउँबाट आफ्नो घर जाने क्रममा बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाई घोडाकोटी खोलाको किनारामा कम्मर भन्दा माथिको भाग पानीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बोहराको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार