२८ असार २०८२, शनिबार

बाजुरा कारागारमा भलिबल प्रतियोगिता, प्रथम बन्यो कैदीबन्दीको टिम


बाजुरा:बाजुरा जिल्ला कारागारमा भलिबल प्रतियोगिता भएको छ । कारागार कार्यालय बाजुराको आयोजनामा भलिबल प्रतियोगिता गरिएको हो । यहीँ असार १५ गतेबाट सुरु भएको प्रतियोगिता बुधवार सम्पन्न भएको छ । कारागारका कैनदबिन्दीबाट ३ टिम र जिल्ला प्रहरी कार्यालय बाजुराको एक टिम बिच प्रतिस्पर्धा भएकोमा विजेता कैदीबन्दीको टिम बनेको जनाएको छ ।

प्रतियोगितामा विजेता र उपविजेता जिल्ला प्रहरी कार्यालयको टिमलाई बिहीवार पुरस्कार हस्तान्तरण गरिएको छ । दुवै टिमलाई प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतले खेलाडी जर्सी सहित बोका हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले स्वच्छ र शान्त रुपमा प्रतियोगिता सम्पन्न भएको भन्दै कारागारमा यस्ता थप कार्यक्रम गर्नु आवश्यक रहेको बताए ।

त्यस्तै कारागार प्रमुख जेलर अनिलकुमार तिवारीले कैदीबन्दीहरुको मनोरञ्जन मात्रै नभई शारीरिक व्यायामका दृष्टिले पनि आवश्यक रहेको भन्दै भलिबल प्रतियोगिता आयोजना गरेको बताए । त्यस्तै उनले आगामी दिनहरुमा पनि यस्ता खेल प्रतियोगिता गर्न सहयोग गरीदिन प्रजिअ पाध्यालाई अनुरोध गरे । कारागार कार्यालय बाजुराका प्रमुख अनिलकुमार तिवारीको अध्यक्षतामा सञ्चालन भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी इकवाल हवारी लगायत सहभागी थिए ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार